बाँके र बर्दियामा बाघको आक्रमण बढ्दो

48

काठमाडौं, कार्तिक २१:पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताउनुभयो । निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो । बाघको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैलाई सजग र सचेत रहन आग्रह गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गरी हटाउने कार्य गरिरहेको छ । सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here