ठगी आरोपमा व्यवसायी रुप ज्योति पक्राउ

63

काठमाडौं, कार्तिक २२:ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको जानकारी दिनुभयो । उहाँलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ रुपैया ठगी गरेको आरोप उहाँमाथि लागेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here