अष्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर

59

काठमाडौं, कार्तिक २४:अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका समाचार छ । सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक खटाइएको छ । डढेलो करिब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here