कालिगण्डकी करिडोरको निरीक्षण

57

काठमाडौं, कार्तिक २४:राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डको कार्यप्रगतिको सरकारी प्रतिनिधिमण्डलले निरीक्षण गरेको छ । करिडोरको भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्रबहादुर कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा लगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो । विसं २०७० वैशाखमा नेपाली सेनाको निर्माण कार्यदलले जिम्मा लिएको सडकको ट्र्याक निर्माण सम्पन्न भएको छ । बागलुङ खण्डको ३५ किलोमिटर सडक निर्माण असार मसान्तसम्म सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिने कालीगण्डकी करिडोर निर्माण कार्यदलका इञ्जिनीयर रेशमीराज भट्टराईले जानकारी दिनुभयो । करिडोरको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडकलाई १० मिटर चौडा गर्ने काम सम्पन्न गरेको सेनाले पुनः विमानस्थलदेखि जैमिनी नगरपालिका–६ सम्म १० किलोमिटर सडक चौडा पार्ने काम शुरु गरेको छ । बजेट व्यवस्थापन गर्न निरीक्षणका लागि आएको सचिव कार्कीले बताउनुभयो । विसं २०७६ असारसम्म बागलुङको सबै खण्ड स्तरोन्नति गरी सडक विभागलाई हस्तान्तरण गर्ने गरी सेनाको जिम्मा लगाइएको हो । बागलुङ खण्डको ट्र्याक खोल्न ४३ करोड रुपैया भन्दा बढी खर्च भएको छ । करिडोरअन्तर्गत सबैजसो खोलामा बेलीब्रिज हालिएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारबाहनका लागि महत्वपूर्ण बन्नेछ । चीनको कोरलादेखि भारतको सुनौलीसम्म ४३५ किमी लामो यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्ने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here