नेपाल र भारतबीचको खेल जारी

72

काठमाडौं, कार्तिक २८:एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपाल र भारतबीचको खेल जारी छ । बंगलादेशमा आजैबाट शुरु भएको प्रतियोगितामा नेपालको इमर्जिङ टीमले भारतको इमर्जिङ टीमसंग पहिलो खेल खेल्दैछ । प्रतियोगितामा टस जितेर फिल्डिङ रोजेको भारत बिरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । नेपालेले अहिले सम्म १९ ओभरमा ३ विकेट गुमाउदै ५८ रन बनाएको छ । नेपालका ओपनर कप्तान ज्ञानेन्द्र मल्ल बिना कुनै रन आउट भएका छन् । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ सहभागी छन् । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here