भलिबल उपाधिका लागि नेपाल र माल्दिभ्स खेल्दै

72

काठमाडौं, कार्तिक २८:एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज फेरि नेपालले माल्दिभ्संग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ । लामो समय अन्तर्राष्ट्रिय उपाधिबाट बंचित नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत छ । समूह चरणको सबै खेलमा प्रभावशाली जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो । समूह चरणको अन्तिम खेलमा ३–० को सोझो सेटमा हराएको टिम माल्दिभ्ससंगै नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । सोही कारण पनि पहिलो संस्करणको एभिसी महिला सेन्ट्रल जोनको उपाधि नेपालले जित्ने आशा गरिएको छ । प्रतियोगितामा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here