नक्कली बिजकको प्रयोग गर्ने विरुद्द मुद्दा दायर

82

काठमाडौं, कार्तिक २८:मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले तीन करोड ८१ लाख र काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड रुपैया बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । यस्तै वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले एक करोड ५९ लाख, हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले ६९ लाख ३९ हजार र न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले ३० लाख ३२ हजार रुपैया बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here