बंगलादेशका राष्ट्रपति पोखरामा

125

काठमाडौं, कार्तिक २८: बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा  भ्रमणमा हुनुहुन्छ ।   राष्ट्रपति हमिदले फेवातालमा जलविहार गर्नु भएको छ । पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले त्यहाँका प्राकृतिक र साँस्कृतिक क्षेत्रहरुको अवलोकन गर्नु भएको छ । नेपाल भ्रमण बर्ष-२०२० लाई सफल बनाउन छिमेकी मुलुकका बिशिष्ट पाहुनाको यो भ्रमणलाई निकै उपयोगी हुने ठानिएको छ ।  यसअघि पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । सबै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here