जनकपुरमा विवाह पञ्चमीको तयारी

88

काठमाडौं, मंसिर १२:भगवान राम एवं जानकीको अलौकिक शुभ विवाह भएको स्मृतिमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिमा मनाइने विवाह पञ्चमीको जनकपुरधाममा भव्य तयारी गरिएको छ । विवाह पञ्चमीको अवसरमा भारतको अयोध्याबाट हजारौंको संख्यामा जन्ती आउने भनिएकाले जानकी मन्दिर र प्रदेश नं. २ को सरकार विशेष तयारीमा जुटेको छ । जानकी मंदिर र रामायणकालीन रंगभूमि मैदानमा भव्य पण्डालका साथै श्रध्दालुहरुको आवासको प्रबन्ध गरिने भएको छ । साता व्यापी रुपमा मनाइने यस पर्वका लागि जनकपुरधाममा दैनिक सरसफाई तथा स्वच्छता अभियानलाई विशेष जोड दिइएको छ । यहाँका होटेलहरु अग्रिम बुकिङ भइसकेका छन् । यसपटक नेपाल, भारत र अन्य मुलुकबाट गरी बीस लाख श्रद्धादु भक्तजनहरु विवाह पंचमी महामहोत्सवमा आउने आयोजकको अनुमान छ । अयोध्या र नेपालका विभिन्न भागहरुबाट आएका लाखौं श्रध्दालु र साधु, सन्त ,महन्तहरुलार्इृ आवास, भोजन, खानेपानी, औषधोपचारको उचित प्रबन्ध मिलाइएको छ । साथै आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here