लाभग्राही भूकम्प पिडितलाई मौका

69

काठमाडौं, मंसिर १२:राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनः अवसर दिएको छ । प्राधिकरणले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । लाभग्राहीबाट तोकिएको समयसीमाभित्र आवास पुनर्निर्माण गर्ने प्रतिबद्धता पाएमा स्थगन गरिएको अनुदान उपलब्ध गराउन सक्ने जनाएको छ । यसरी लाभग्राही कायम भएकाले पहिलो किस्ता २०७६ पुस मसान्तभित्र र दोस्रो किस्ता २०७६ माघ मसान्तसम्म लिइसक्नु पर्नेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here