अर्घाखाँची र हुम्लामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २३

94

काठमाडौं, मंसिर १२:अर्घाखाँचीको नरपानीमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नं को बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परी १७ जनाको घटनास्थलमा र दुइ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि बुटबल र जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

यसैबीच हुम्लामा भएको टिपर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सदरमुकाम सिमकोट जाँदै गरेको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । दुर्घटनामा परेका ३ जनाको घटनास्थल र एकजनाको उपचारकाक्रममा मृत्यु भएको हो ।    नेपाल खाद्य संस्थानको चामल र अन्य सामान ढुवानी गर्ने टिपर यात्रु बोकेर सदरमुकाम सिमकोटतिर जाँउँदै गर्दा सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको हो । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले दुर्घटना भएको पा प्रारम्भिक अध्ययनले देखाएको छ । चालक काभ्रे जिल्ला बुद्धनगरपालिका ११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयवासीले कब्जामा लिई प्रहरीलाइ बुझाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here