महिला भलिवलको दोश्रो खेलमा नेपालको पराजय

283
Prativa Mali (right) and Sunita Khadka attempt to block shot against Bangladesh during the 13th South Asian Games at National Sports Council covered hall, Tripureshwor in Kathmandu on Wednesday. Photo: Udipt Singh Chhetry/THT

काठमाडौं, मंसिर १३: साग प्रतियोगिता अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा हिजो भएको खेलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको हो । बलियो टोली भारतविरुद्ध पहिलो सेटमा राम्रो प्रदर्शन गरे पनि नेपाल २६-२४, २५-१२ र २५-१६ ले पराजित भयो । भारतविरुद्धको खेलमा प्रतिभा मालीले सर्वाधिक १६ अंक जोडिन । नेपाललाई पराजित गरेसँगै भारतले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा बंगलादेशलाई पराजित गरेकोले नेपालको पनि सेमिफाइनलमा पुग्ने सम्भावना भने कायमै रहेको छ । यसैगरी साग पुरुष भलिबल प्रतियोगिता अन्तरगत नेपालले आज भारत विरुद्ध समूह चरणको दोस्रो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे हुने कार्यक्रम छ । पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपाललाई सेमिफाईनलको आशा जिवित राख्न आज भारतलाई जित्नै पर्ने दबाब छ । नेपालले यस अघि भारत विरुद्ध खेलेको सबै खेलमा पराजित  भएको छ । सागको तयारीका लागि नेपालीटोलीले भारतको राष्ट्रिय भलिबल टोलीसंग खेलेको तीन ओटा मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित भएको थियो । आजै हुने समूह बीको अर्को खेल श्रीलंका र माल्दिभ्स बीच राति ७ बजे  हुनेछ । पुरुष भलिबलमा हिजो भएको खेलमा भारतले विजयी सुरुवात गरेको छ । भारतले बंगलादेशलाई २५-१८, २५-१४ र २५-१५ को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here