इराकको प्रदर्शन हिंसात्मक बन्दै

68
Mourners and protesters escort the flag-draped coffin of Munir Ali, whose family said was killed in anti-government demonstrations, during his funeral in Baghdad, Iraq, Sunday, Nov. 24, 2019. (AP Photo/Ali Abdul Hassan)

काठमाडौं, मंसिर १३:इराकमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा एकै दिनमा झण्डै ४० जनाको मृत्यु भएको स्वास्थ्यकर्मी तथा अधिकारीहरुले जनाएका छन् । सो घटनालाई गत महिनादेखि जारी विरोध प्रदर्शनको सबैभन्दा रक्तपातपूर्ण दिनका रुपमा व्याख्या गरिएको छ । दक्षिणी शहर नासिरियामा सुरक्षाकर्मीले चलाएको गोली लागि २५ जनाको मृत्यु भएको छ । अन्य चार जना प्रदर्शनकारीको बग्दादमा र १० जनाको नजाफ शहरमा मृत्यु भएको छ । घटनामा इरानको बाणिज्य दुतावासमा समेत आगलागी भएको छ । रोजगारी वृद्धि, भ्रष्टाचार अन्त्य र सार्वजनिक सेवाहरु सुलभ र गुणस्तरीय हुनु पर्ने माग राख्दै इराकीहरु सरकार विरोधी प्रदर्शनमा सडकमा उत्रिएका हुन् । इराकी सेनाले संकटको अवस्था घोषणा गर्दै मुलुकमा अमन चयन कायम गर्न आपतकालिन युनिटको सिर्जना गरिएको छ । प्रदर्शन शुरु भएयता ३ सय ५० जनाको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here