ट्रम्पको आकस्मिक अफगानिस्तान भ्रमण

81

काठमाडौं, मंसिर १३:अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आकस्मिक रुपमा अफगानिस्तान पुग्नु भएको छ । नोभेम्वर महिनाको अन्तिम बिहिवार मनाइने अमेरिकी पर्व थ्याक्स गिभिङको उत्सव त्यहाँ खटिएका सैनिकहरुसंग मनाउन राष्ट्रपति ट्रम्प अफगानिस्तान पुग्नु भएको हो । भ्रमणका क्रममा सैनिकहरुलाई सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र तालिवान समूहबीच वार्ता भइरहेको र चाडै निष्कर्ष निस्कने बताउनुभयो । राजधानि काबुल नजिकै रहेको बागराम सैनिक बेसमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले तालिवान लडाकुहरुले सम्झौता गर्न चाहिरहेको र अब छिट्टै वार्ताको परिणाम निस्कने बताउनुभयो । तालिवान लडाकुहरुले तिन बर्ष अघी बन्दी बनाएका दुइजना पश्चिमा प्राज्ञहरुलाई मुक्त गरेको केहिदिनमै राष्ट्रपति ट्रम्पले अफगानिस्तानको भ्रमण गर्नुभएको हो । उहाँले तालिवानहरु युद्ध विरामको पक्षमा देखिएको भन्दै त्यहाँ राखिएका सैनिकको संख्या समेत कटौति गर्ने बताउनुभयो । अफगानिस्तानमा सन् २००१ देखि अमेरिकाले १३ हजार सैनिक परिचालन गरेको छ । तर तलिवान संगको वार्ता संगै त्यसलाई घटाएर साढे आठ हजार हाराहारी पुर्याउने बताएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here