हुम्लामा हिमपात

74

काठमाडौं, मंसिर १३:हुम्लामा हिमपात शुरु भएको छ । हिजो साँझदेखि परेको हिमपातसँगै चिसो बढेको छ । हुम्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन । हिमपातपछि बालीनाली सप्रिने भन्दै किसान भने खुशी छन् । सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट गरिने सेवा प्रवाहमा समस्या भएको सेवाग्राहीको भनाइ छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here