काठमाडौं, मंसिर १५:आज उद्घाटन हुने १३औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको औपचारिक उद्घाटनको पहिलो दिन चारओटा विभिन्न खेलहरुको आयोजना हुदैछ । साग भलिबल प्रतियोगिता भने गत बुधबारबाटै सुरु भईसकेको छ । औपचारिक उद्घाटनको पहिलो दिन आज काठमाडौंमा भलिबल, कराँते र खोखोको खेल सुरु हुनेछ भने पोखरामा ब्याडमिण्टनको खेल हुने कार्यक्रम छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भारत र श्रीलंकाबीच पुरुष भलिबलको सेमिफाइनल खेल हुनेछ । यसैगरी भलिवलकै दोस्रो सेमिफाइनल खेलमा दिउँसो पाकिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । यसैगरी कराँतेको पहिलो दिन उद्घाटन र खेल तालिका सार्वजनिक कार्यक्रम मात्रै हुनेछ । करातेका खेलहरु भने भोलिबाट हुने कार्यक्रम छ । किर्तिपुर नयाँ बजारमा खोखोको महिला र पुरुष दुवैतर्फको खेल आजैबाट सुरुहुनेछ । खोखोको महिला र पुरुष दुबै समूहमा नेपालले बंगलादेशसंग खेल्दैछ भने भारतले श्रीलंकाविरद्ध प्रतिस्पर्धा गर्नेछ । यसैगरि पोखरा रंगशालाको कभर्ड हलमा ब्याडमिन्टनतर्फ पुरुष र महिला टिम इभेन्ट्सको क्वाटरफाइनल र सेमिफाइनलको खेल हुने कार्यक्रम छ ।।
Stay connected
Latest article
सागमा हालसम्म नेपाललाई ४५ स्वर्णसहित १६६ पदक
काठमाडौं, मंसिर २३: दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको आठौं दिनको खेल सकिंदासम्म नेपालले ४५ स्वर्णसहित १६६ पदक प्राप्त गरेको छ । नेपालले...
दलहरुसँग छलफलमा निर्वाचन आयोग
काठमाडौं, मंसिर २३:निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि आज राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन...
बाँकेमा आजपनि निषेधाज्ञा जारी
काठमाडौं, मंसिर २३:बाँकेको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएका कारण आक्रोशित भिडलाई नियन्त्रण गर्न हिजो साँझदेखि निषेधाज्ञा जारी गरिएको छ । कोहलपुर...
चितवन घुम्न जाने पर्यटक घटे
काठमाडौं, मंसिर २३:नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा केही कमी आएको छ । निकुञ्जका...
तातो पानीमा नुहाउन जानेको घुइँचो
काठमाडौं, मंसिर २३:म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि जाने बिरामीहरुको संख्या बढेको छ । कुण्डसम्मै सहज यातायातको पहुँच, भौतिक पूर्वाधारको विस्तार, होमस्टेको...
प्रतिरक्षाका लागि सु की अन्तराष्ट्रिय अदालतमा
काठमाडौं, मंसिर २३:म्यान्मा विरुद्ध लागेको आमहत्या र नरसंहारको आरोपको प्रतिरक्षाकालागि म्यानकी प्रजातन्त्रवादी नेतृ एवम् वर्तमान स्टेट काउन्सिलर विदेशमन्त्री आङ साङ सु की...
युगान्डामा बाढीका कारण १६ जनाको मृत्यु
काठमाडौं, मंसिर २३:अफ्रिकी मुलुक युगान्डामा एक साता भन्दा बढी समय लगातार वर्षा भएपछि आएको बाढीका कारण १६ जनाभन्दा बढीको मृत्यु भएको छ...