महिला भलिवलमा नेपाल फाइनलमा प्रवेश

71
Players competing in Semi final match between Nepal and sri lanka women’s volley ball team during their match of SAG volleyball at Tripureshwor on Saturday. POST PHOTO : KESHAV THAPA

काठमाडौं, मंसिर १५:नेपालको महिला भलिवल टोली १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजो भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । साग महिला भलिवलकै इतिहासमा पहिलो पटक स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न पुगेको नेपालले श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ को सेटमा पराजित गरेको हो । नेपालको जितमा प्रतिभा मालीले सर्वाधिक २० अंक जोडिन् । यस्तै सरस्वती चौधरीले १७ अंक जोड्न सफल भइन् । अब स्वर्ण पदकका लागि नेपालले पर्सी मंगलवार भारतसंग प्रतिस्पर्धा गर्नेछ । साफ महिला भलिबलमा नेपालले अहिलसम्म कास्य पदक मात्रै जितेको छ । श्रीलंकामाथि जित निकाल्दै फाइनलमा पुगेको नेपालले रजत मात्रै जितेपनि इतिहास कायम हुनेछ । पुरुष भलिवलमा भने नेपाल समूह चरणबाटै बाहिरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here