इजरायलमा नेतेन्याहूको राजिनामा माग्दै विरोध प्रदर्शन

54

काठमाडौं, मंसिर १५:इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतेन्याहूको राजीनामा माग गर्दै राजधानी तेल अभिभमा बृहत विरोध प्रदर्शन भएको छ । हजारौं प्रदर्शनकारी सहभागी भएको प्रदर्शनमा भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्रीले तत्काल पद छोड्नु पर्ने भन्दै नारावाजी गरिएको छ । इजरायलको राजनीतिमा पछिल्लो एक दशक यता निकै प्रभावशाली नेताका रुपमा रहनुभएका प्रधानमन्त्रफ नेतेन्याहरु माथि शृङ्खलावद्ध रुपमा भ्रष्टाचार गरेको आरोप लागेको छ । विद्यमान कानून अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिमाथि भ्रष्टाचारको अभियोग लागेमा तत्काल पल छोड्नुपर्ने व्यवस्था छ । तर नेतेन्याहूले पद नछोडेपछि राजीनामा माग गरिएको हो । उहाँले भने विरोध र प्रदर्शनको आडमा सत्ता कब्जा गर्न खोज्नेले आफूमाथि आरोप लगाएको बताउनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here