प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी हुनुभएको छ । पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी हुनुभएको छ । लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी हुनुभएको हो । पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित हुनुभएको छ । राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी हुनुभएको छ । सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।।
Stay connected
Latest article
सागमा हालसम्म नेपाललाई ४५ स्वर्णसहित १६६ पदक
काठमाडौं, मंसिर २३: दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको आठौं दिनको खेल सकिंदासम्म नेपालले ४५ स्वर्णसहित १६६ पदक प्राप्त गरेको छ । नेपालले...
दलहरुसँग छलफलमा निर्वाचन आयोग
काठमाडौं, मंसिर २३:निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि आज राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन...
बाँकेमा आजपनि निषेधाज्ञा जारी
काठमाडौं, मंसिर २३:बाँकेको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएका कारण आक्रोशित भिडलाई नियन्त्रण गर्न हिजो साँझदेखि निषेधाज्ञा जारी गरिएको छ । कोहलपुर...
चितवन घुम्न जाने पर्यटक घटे
काठमाडौं, मंसिर २३:नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा केही कमी आएको छ । निकुञ्जका...
तातो पानीमा नुहाउन जानेको घुइँचो
काठमाडौं, मंसिर २३:म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि जाने बिरामीहरुको संख्या बढेको छ । कुण्डसम्मै सहज यातायातको पहुँच, भौतिक पूर्वाधारको विस्तार, होमस्टेको...
प्रतिरक्षाका लागि सु की अन्तराष्ट्रिय अदालतमा
काठमाडौं, मंसिर २३:म्यान्मा विरुद्ध लागेको आमहत्या र नरसंहारको आरोपको प्रतिरक्षाकालागि म्यानकी प्रजातन्त्रवादी नेतृ एवम् वर्तमान स्टेट काउन्सिलर विदेशमन्त्री आङ साङ सु की...
युगान्डामा बाढीका कारण १६ जनाको मृत्यु
काठमाडौं, मंसिर २३:अफ्रिकी मुलुक युगान्डामा एक साता भन्दा बढी समय लगातार वर्षा भएपछि आएको बाढीका कारण १६ जनाभन्दा बढीको मृत्यु भएको छ...