दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को उद्घाटन

779

काठमाडौं, मंसिर १५:१३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को आज औपचारिक उद्घाटन हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ सागको आज साँझ दशरथ रङ्गशालामा बिशेष समारोहबीच उद्घाटन गर्दै हुनुहुन्छ । उद्घाटन समारोहमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । काठमाडौ, पोखरा र जनकपुरमा आज देखि यही मंसीर २४ गतेसम्म सागका बिभिन्न खेल सञ्चालन हुने छन् । उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ ।  सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । १३औं दक्षिण सागमा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । साग खेलकूदमा करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । १३औं सागका लागि ३१७ स्वर्ण र रजत पदकका साथै ४८१ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ  ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here