कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपाकी विद्या भट्टराई विजयी

113

कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ ।
भटंटराईले २४ हजार ३ सय ९२ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत ल्याउनुभएको छ । ५२ स्थानका लागि भएको उपनिर्वाचनमा कास्कीमा मात्रै प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भएको हो ।
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को क क्षेत्रमा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुनुभएको छ । उहाँका निकटत प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी नेकपामा उम्मेदवार डि पी ढकालले ११ हजार १ सय ९८ मत प्राप्त गर्नुभयो ।

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोख्रेल विजयी हुनुभएको छ । उहाँले ३ हजार १८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २ सय १६ मत ल्याउनुभएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका बिक्रम चौधरी ३ हजार २ सय ४९ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटत प्रतिद्वन्दी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत पाउनुभएको छ ।
हुम्लाको खापुर्नाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाका रुपा शाही १ हजार ५ सय ५४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका ताराकुमारी शाहीले १ हजार ३ सय ८५ मत ल्याउनुभएको छ ।
बाग्लुङको निर्वाचन क्षेत्र नम्बर २ को २ मा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही २ हजार ९ सय ६४ मत सहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जीप शेरचनले २ हजार ६ सय १९ मत ल्याउनुभएको छ ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ को २ मा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका बिमला कुमारी खत्री ८ हजार ८ सय ९६ मत सहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार केशबराज शर्माले ६ हजार २ सय १ मत ल्याउनुभएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले १० हजार ९ स ९४ मत सहित अग्रता हासिल गर्नुभएको छ । नेकपाका प्रकाश राईले १० हजार ५ सय १७ मत ल्याउनुभएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनमा नेकपाका बीरबहादुर कुरुम्बाङले २ हजार २ सय २१ मतसहित अग्रता लिनुभएको छ । नेपाल कांग्रेसका बृजहाङ आङदेम्बेले २ हजार ४३ मत ल्याउनुभएको छ ।
५२ स्थानमा भएको उपनिर्वाचनमा केही बाहेक प्राय सबै वडा अध्यक्षको परिणाम आएको छ । धेरैजसो ठाउँमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले जीत हासिल गरेको छ । ४३ वडाध्यक्षमध्ये ४० वटाको मतगणना सकिँदा नेकपा २२, कांग्रेस ११ समाजवादी पार्टी नेपाल ४ र राजपा नेपाल ३ स्थानमा बिजयी भएका छन् ।
१ प्रतिनिधि सभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, १ गाउँपालिकाको उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि निर्वाचन भएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here