सुराकीको आरोपमा एअर बसका कर्मचारी बर्खास्त

91

काठमाडौं, मंसिर १६:यूरोपको  प्रमुख विमान निर्माता कम्पनी एअरबसले कम्पनीका गतिविधीबारे सुराकी गरेको आरोपमा आफ्ना झण्डै डेढ दर्जन कर्मचारीहरुलाई बर्खास्त गरेको छ । कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लगाउदै एयरबसले आफ्ना १६ कर्मचारीहरुलाई बर्खास्त गरेको हो । निदरल्याण्समा दर्ता भएर फ्रान्समा केन्द्रिय कार्यालय रहेको एअरबसको उच्च व्यवस्थापनले जर्मनीका केही कम्पनीमा आफ्ना गोप्य कागजात र सूचना रहेको फेला पारेपछि सूचना पुर्याउन सहयोग गर्ने ती कर्मचारीहरुलाई कारबाही गरेको हो । उनीहरुको साथबाट सञ्चार प्रणालीलगायत अन्य बिषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उसले आरोपित कर्मचारीहरु माथि मुद्दा हाल्ने तयारी पनि गरिरहेको छ साथै घटनाबारे आन्तरिकरूपमा अनुसन्धान पनि भइरहेको बताएको छ । व्यवसायिक उडानमा प्रयोगहुने विमान बनाउने एयरबसले सैनिक विमानहरु समेत बनाउने गर्दछ । कम्पनीमा १ लाख ३३ हजार ६७१ जना कर्मचारीहरु कार्यरत छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here