बुर्किनाफासोमा चर्चभित्रै गोली चल्दा १४ जनाको मृत्यु

90

काठमाडौं, मंसिर १६:बुर्किनाफासोमा एक बन्दुकधारीले चर्चभित्रै गोली चलाएपछि १४ जनाको मृत्यु भएको छ । उत्तरी क्षेत्रमा रहेको चर्चमा आयोजित कार्यक्रममा सहभागिता जनाइरहेका बेला अन्जान व्यक्तिले आइतबार गोली चलाएका थिए । हालसम्म बन्दुकधारीको पहिचान हुन सकेको छैन । साथै के कारणले गोली चलाएको हो भन्ने पनि खुल्न सकेको छैन । विगत केही वर्षयता बुर्किनाफासोमा सयौं मानिसको मृत्यु भएको छ । खास गरी मालीसँग सीमा जोडिएका स्थानहरुमा जातीय तथा धार्मिक तनावका कारण जिहादिस्ट समूहले आक्रमण गर्ने गरेका छन् । क्षेत्रीय सरकारले वक्तब्य जारी गर्दै घटनामा थुप्रै मानिसहरु घाइते भएको जनाएको छ । बन्दुकधारीले चर्चमा रहेका पादरी र बालबालिकाको हत्या गर्ने उद्देश्यले आक्रमण गरेको सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ । आक्रमणपछि बन्दुकधारी स्कुटरमा भागेको जनाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here