स्थानीय निकायलाई अख्तियारको निर्देशन

95

काठमाडौं, मंसिर १६:स्थानीय तहमा उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा योजना कार्यान्वयनका लागि कानूनले तोकेको आवश्यक प्रक्रिया पूरा नगरी  रकम भुक्तानी गर्ने प्रवृत्ति बढेको पाइएको छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा स्थानीय निकायमा भ्रष्टाचार बढेको भन्दै गैरकानूनी कार्य तत्काल बन्द गरी स्थानीय सरकार सञ्चालन ऐन, तथा प्रचलित सार्वजनिक खरीद ऐन र नियमावलीबमोजिमको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । ठूलो रकम पेश्की लिई समयमा योजना सम्पन्न नगर्ने उपभोक्ता समिति तथा ठेकेदारलाई अविलम्ब प्रचलित कानूनअनुसारको कारवाही गरी योजना तुरुन्त सम्पन्न गर्न लगाउने वा सम्झौता तोडी अन्य विकल्पबाट योजना सम्पन्न गर्नसमेत आयोगले निर्देशन दिएको छ । उपभोक्ता समितिमार्फत हुने गरेका स्थानीय पूर्वाधार निर्माणमा कानूनविपरीत हेभी इक्युपमेन्ट प्रयोग हुने गरेको, प्रतिस्पर्धा गराई ठेक्कामार्फत गर्नुपर्ने कतिपय काम मिलेमतोमा प्रतिस्पर्धा बेगर उपभोक्ता समितिमार्फत गरिएको, त्यस्ता समितिले पनि ठेक्का लगाउने गरेको र प्राविधिक मूल्याङ्कन एवं अनुगमन समितिको सिफारिस बिनासमेत भुक्तानी हुने गरेको देखिएको आयोगको ठहर छ । यस्ता कार्यलाई पूर्णरुपमा बन्देज लगाई सार्वजनिक खरीद नियमावली, २०६४ को पूर्ण पालना हुनुपर्नेमा आयोगले जोड दिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here