प्रतिनिधि सभा १ र ३ प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम प्राप्त

132

काठमाडौं, मंसिर १६: उपनिर्वाचन अन्तर्गत धरान उपहानगरबाहेकको अन्तिम परिणाम प्राप्त भएको छ । प्रतिनीधिसभा सदस्य एक र ३ प्रदेशसभा सहित ५२ स्थानका लागि शनिवार भएको मतदानको नतिजा आएको हो । परिणाम अनुसार कास्कीमा नेकपा र दाङ नेकपा तथा बागलुङमा नेकपाकै समर्थमनमा बाम जनमोर्चाका उम्मेदवार विजयी हुनु भएको छ । यसअघिको निर्वाचनमा पनि यी तीनवटै क्षेत्रमा नेकपा र जनमोर्चाले जितेको हो । तर भक्तपुरको प्रदेशसभाको स्थान भने नेकपाले गुमाएको छ । भक्तपुर १ क मा नेपाली काँग्रेस विजयी भएको छ । भक्तपुरमा २०७४ को निर्वाचनमा तत्कालिन एमालेले जितेको थियो ।  निर्वाचन अनुसार कास्की २ को प्रतिनीधिसभा सदस्यमा नेकपाकी विद्या भट्टराइ विजयी हुनुभएको छ । भटंटराई २४ हजार ३ सय ९२ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत ल्याउनुभयो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभामा एक स्थान रिक्त भएको थियो । नवनिर्वाचित प्रतिनिधिसभासदस्य विद्या भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीकी श्रीमती हुनुहुन्छ । तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गर्नुभएकी भट्टराइले समाजशास्त्रमा एमफील गर्नुभएको छ। उहाँ रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापनमा समेत संलग्न हुनुहुनथ्यो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र बुझेपछि प्रतिकरिया दिनुहुँदै नवनिर्वाचित साँसद विद्या भट्टाराईले सबैलाई समेटेर कार्य गर्ने बताउनुभयो । दाङको निर्वाचन क्षेत्र नम्बर ३ ख मा भएको प्रदेश सभा सदस्यमा नेकपाका उम्मेदवार विमला कुमारी खत्री विजयी हुनु भएको छ । उहाँले २४ हजार २८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गर्नु भएको छ । गएराति सकिएको मतगणनाको अन्तिम मत राती नै सार्वजनिक गरिएको थियो । विजयी विमला यसअघि निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओलीका श्रीमति हुनुहुन्छ । सडक दुर्घटनामा परी निधन भएको थियो ।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ ख प्रदेश सभाकोउप निर्वाचनमा बामपंथी गठबन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही विजयी हुनु भएको छ । शाही ११२३५ मत प्राप्त गरि बिजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीत शेरचनले ९२३८ मत प्राप्त गर्नुभयो । २०७४ को प्रदेश सभाको निर्वाचनमा बामपंथी गठबन्धनका टेकबहादुर घर्ती बिजय हुनुभएको थियो । गतबर्ष सांसद घर्तीको मृत्यु भए पछि उप निर्वाचन भएको हो । यसअघिको निर्वाचनमापनि नेपाली कांग्रेसबाट जीत शेरचन नै उमेदवार थिए ।

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को क मा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी हुनुभएको छ । उहाँका निकटत प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी नेकपामा उम्मेदवार डि पी ढकालले ११ हजार १ सय ९८ मत प्राप्त गर्नुभयो ।  यसअघिका प्रदेशसभा सदस्य नेकपाका हरिशरण लामिछानेको निधन भएपछि भक्पुरमा उपनिर्वाचन भएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here