काठमाडौं, मंसिर १६:धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तिलक राई विजयी हुनुभएको छ । तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याउनुभयो । निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ । विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हार्नुभएका राईले यस उपनिर्वाचनमा दुई हजार ७९५ मतान्तरमा विजयी हुनुभएको हो । विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नगर नेता प्रेम पराजुलीले बताउनुभयो । जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताउनुभयो । गत मङ्सिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर उहाँले धरानका जनताको सहानुभूतिसमेत पाउनुभएको थियो । राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । पार्टीको नगरसचिव हँुदै १३औँ महाअधिवेशनपछि उहाँ धरान नगर सभापतिसमेत बन्नुुभएको थियो ।।
Stay connected
Latest article
सागमा हालसम्म नेपाललाई ४५ स्वर्णसहित १६६ पदक
काठमाडौं, मंसिर २३: दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको आठौं दिनको खेल सकिंदासम्म नेपालले ४५ स्वर्णसहित १६६ पदक प्राप्त गरेको छ । नेपालले...
दलहरुसँग छलफलमा निर्वाचन आयोग
काठमाडौं, मंसिर २३:निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि आज राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन...
बाँकेमा आजपनि निषेधाज्ञा जारी
काठमाडौं, मंसिर २३:बाँकेको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएका कारण आक्रोशित भिडलाई नियन्त्रण गर्न हिजो साँझदेखि निषेधाज्ञा जारी गरिएको छ । कोहलपुर...
चितवन घुम्न जाने पर्यटक घटे
काठमाडौं, मंसिर २३:नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा केही कमी आएको छ । निकुञ्जका...
तातो पानीमा नुहाउन जानेको घुइँचो
काठमाडौं, मंसिर २३:म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि जाने बिरामीहरुको संख्या बढेको छ । कुण्डसम्मै सहज यातायातको पहुँच, भौतिक पूर्वाधारको विस्तार, होमस्टेको...
प्रतिरक्षाका लागि सु की अन्तराष्ट्रिय अदालतमा
काठमाडौं, मंसिर २३:म्यान्मा विरुद्ध लागेको आमहत्या र नरसंहारको आरोपको प्रतिरक्षाकालागि म्यानकी प्रजातन्त्रवादी नेतृ एवम् वर्तमान स्टेट काउन्सिलर विदेशमन्त्री आङ साङ सु की...
युगान्डामा बाढीका कारण १६ जनाको मृत्यु
काठमाडौं, मंसिर २३:अफ्रिकी मुलुक युगान्डामा एक साता भन्दा बढी समय लगातार वर्षा भएपछि आएको बाढीका कारण १६ जनाभन्दा बढीको मृत्यु भएको छ...