फिलिपिन्समा शक्तिशाली आँधी

74

काठमाडौं, मंसिर १७:फिलिपिन्समा आएको कामुरी नामको शक्तिशाली सामुन्द्रिक आँधी संगैको बर्षाले देशको मध्य र दक्षिणी क्षेत्रमा पहिरो गएपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । १७५ किलोमिटर प्रति घण्टाको वेगमा आएको आँधी र त्यसले गराएको बर्षातले विभिन्न स्थानमा पहिरो खसेको हो । १० फिट माथि सम्म उठेर आएको सामुन्द्रिक छालका कारण वरपरको क्षेत्र डुवानमा परेको छ । आँधीले पुर्याउन सक्ने क्षतिलाई ध्यान दिदैं तटीय क्षेत्रका २ लाख बढी मानिसहरुलाई अन्यत्रै सारिएको छ । राजधानी मनिला स्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । सबै हवाइ उडानहरुलाई २४ घण्टाका लागि स्थगित गरिएको छ । आँधी आएपछि शनिवारबाट त्यहाँ सुरु भएको दक्षिणपुर्वी एशियाली खेलकुद प्रतियोगिता समेत विथोलिएको छ । प्रतियोगिताका केहि खेलहरु स्थगित गरिएका छन् भने केही नयाँ तालिकामा खेलाइने भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here