काठमाडौं, मंसिर १७:बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले दुई हजार ८०० रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । मुआब्जा निर्धारण लामो समयदेखि हुन सकेको थिएन । तर आयोजना प्रभावितले भने मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । गोरखाको आरुघाट र आर्खेतमा स्थानीयले आनाकै २५ लाख रुपैयाँ मुआब्जा माग गर्दै आएका छन् । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार मुआब्जा निर्धारण गरिएको हो । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीले हालसम्म करिब २७ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । आयोजना प्रभावित गोरखाको आरुघाट र आर्खे बजार एवम् धादिङको खहरे बजारलगायत क्षेत्रको निर्धारण हुन बाँकी थियो । आयोजनाले मुआब्जा वितरणका लागि मात्रै चालु आर्थिक वर्षमा १४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । गोरखाको आरुघाट र आरर्खेत बजार क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।।
Stay connected
Latest article
सागमा हालसम्म नेपाललाई ४५ स्वर्णसहित १६६ पदक
काठमाडौं, मंसिर २३: दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको आठौं दिनको खेल सकिंदासम्म नेपालले ४५ स्वर्णसहित १६६ पदक प्राप्त गरेको छ । नेपालले...
दलहरुसँग छलफलमा निर्वाचन आयोग
काठमाडौं, मंसिर २३:निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि आज राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन...
बाँकेमा आजपनि निषेधाज्ञा जारी
काठमाडौं, मंसिर २३:बाँकेको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएका कारण आक्रोशित भिडलाई नियन्त्रण गर्न हिजो साँझदेखि निषेधाज्ञा जारी गरिएको छ । कोहलपुर...
चितवन घुम्न जाने पर्यटक घटे
काठमाडौं, मंसिर २३:नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा केही कमी आएको छ । निकुञ्जका...
तातो पानीमा नुहाउन जानेको घुइँचो
काठमाडौं, मंसिर २३:म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि जाने बिरामीहरुको संख्या बढेको छ । कुण्डसम्मै सहज यातायातको पहुँच, भौतिक पूर्वाधारको विस्तार, होमस्टेको...
प्रतिरक्षाका लागि सु की अन्तराष्ट्रिय अदालतमा
काठमाडौं, मंसिर २३:म्यान्मा विरुद्ध लागेको आमहत्या र नरसंहारको आरोपको प्रतिरक्षाकालागि म्यानकी प्रजातन्त्रवादी नेतृ एवम् वर्तमान स्टेट काउन्सिलर विदेशमन्त्री आङ साङ सु की...
युगान्डामा बाढीका कारण १६ जनाको मृत्यु
काठमाडौं, मंसिर २३:अफ्रिकी मुलुक युगान्डामा एक साता भन्दा बढी समय लगातार वर्षा भएपछि आएको बाढीका कारण १६ जनाभन्दा बढीको मृत्यु भएको छ...