लण्डनमा प्रदर्शन

66

काठमाडौं, मंसिर १८:बेलायतको राजधानी लण्डनमा नेटोमा आवद्ध नेताहरु सम्मेलनको तयारी गरिरहेका बेला प्रदर्शनकारीहरुले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रेसेप्प तैइप इर्दोगानका विरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागीहरुले टर्कीले उत्तरी सिरिया र सिरियाली कुर्दिसहरु माथि आक्रमण गरेकोमा विरोध जनाएका छन् । साथै ट्रम्प विरोधी प्रदर्शनकारीहरु मध्यपूर्वमा अमेरिकी अडान र बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा अमेरिकीले देखाएको चासो प्रति आपत्ति प्रकट गरेका छन् । प्लेकार्ड सहित प्रदर्शनमा सहभागीहरुले नेटो सम्मेलनका आक्रोश पोखेका हुन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here