ट्रम्पविरुद्दको महाअभियोगका लागि प्रमाण पेश

59
Mandatory Credit: Photo by Evan Vucci/AP/Shutterstock (10358411u) President Donald Trump talks to reporters on the South Lawn of the White House, in Washington, as he prepares to leave Washington for his annual August holiday at his New Jersey golf club Trump, Washington, USA - 09 Aug 2019

काठमाडौं, मंसिर १८:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा त्यहाँको संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव माथि छानविन गर्न गठित समितिले उहाँलाई कार्यालयबाट हटाउन पर्याप्त आधार सहितको प्रतिवेदन बुझाएको छ । अध्ययन समितिले ट्रम्पले गरेका गैरजिम्मेवारीपूर्ण क्रियाकलापहरुका सम्वन्धमा परेका उजुरीको विवरण उल्लेख गर्दै संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ । महाअभियोग सम्वन्धी अनुसन्धानको नेतृत्व गरिरहेको समितिले प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले राष्ट्रिय स्वार्थ भन्दा पनि आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थमा रहेर काम गरेको उल्लेख गरेको छ । प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले अर्को बर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा जितका लागि युक्रेनको सहायता लिन खोजेको पनि उल्लेख गरेको छ । ट्रम्पले भने विपक्षी डेमोक्रायाट सांसदको नेतृत्वमा गठन भएको अध्ययन समितिको प्रतिवेदन पुर्वाग्राही भएको भन्दै आफूले कुनै गैरजिम्मेवारी पूर्ण काम नगरेको बताउनुभएको छ । उहाँले प्रतिवेदन नियोजित भएको टिप्पणी पनि गर्नुभएको छ । राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग, कानूनको कार्यान्वयनमा अवरोध पुर्याएको र संसदको अवहेलना गरेको लगायतका विषय समेटेर महाअभियोग लगाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here