ग्वाङ्झाओमा सिधा उडान भर्ने तयारी

75

काठमाडौं, मंसिर १८:नेपाल वायु सेवा निगमले चीनको ग्वाङ्जाओमा सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आउदो जनवरी अन्तिमदेखि उडान गर्ने निश्चित भएको हो । उडानका लागि सबै प्राविधिक तयारी पुरा गरेको निगमले जनाएको छ । चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ सिभिल एभिएसनको सुरक्षा चासोलाई निगमले सम्बोधन गरेपछि उडान निश्चित भएको हो । अव ग्वाङ्जाओ व्यवसायिक उडानका लागि निगमको कार्यकारी समितिले छिट्टै निर्णय गर्ने जानकारी सह–प्रवक्ता सुलेख मिश्रले दिनुभएको छ । यसैबीच चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँगको पहल जारी राखिएको पनि नेपाल वायु सेवा निगमले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here