बाग्लुङमा सुख्खा पहिरोका कारण बाटो अबरुद्द

85

काठमाडौं, मंसिर १८:मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । निसीखोला गाउँपालिका–२ बायखोला खोर भन्ने स्थानमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर सडक पुरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । पहिरोका कारण निसीखोला केही समय थुनिएको भए पनि पछि खोला सामान्य गतिमा बग्न थालेको थियो । पौडेलले सुख्खा पहिरो खसिरहेका कारण लोकमार्ग खुलाउन समस्या भएको बताउनुभयो । पहिरोबाट कुनै मानवीय क्षति भने भएको छैन । लोकमार्ग खुलाउने प्रयास गरे पनि रातको समयमा समस्या भएका कारण आज बिहान लोकमार्ग खुलाउने गरी लोकमार्ग आयोजनाका प्रतिनिधिसँग छलफल भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here