गढीमाईमा श्रद्दालुहरुको घुइँचो

98

काठमाडौं, मंसिर १८:बाराको गढीमाई मेलामा अहिलेसम्मकै सबै भन्दा धेरै संख्यामा श्रद्धालुको घुइँचो लागेको छ । नेपाल र  भारत लगायत विभिन्न देशबाट ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताउनुभयो । गढीमाइमा सोमबार राति तान्त्रिक विधिबाट पूजापाठ गर्न शुरु भएपछि हिजो विहानबाट बलि शुरु गरिएको छ । हिजो करीब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको छ । तर मेलालाइ व्यवस्थित नगरिएको गुनासो भक्तजनहरुको छ । शौचालय र नुहाउने ठाउँको राम्रो प्रबन्ध नहुँदा भक्तजनहरुलाइ समस्या भएको छ । गढीमाइमा आज विहानबाट बोकाको शुरु भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here