सागमा २५ स्वर्णसहित नेपालको अग्रता कायमै

253

काठमाडौं, मंसिर १८:१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले आज उसु र करातेमा १-१ वटा स्वर्ण पदक जिति सकेको छ । उसुको थाउलो नानगुनमा नेपालको दिपक हमालल स्वर्ण जितेका छन । दिपकले भारतका साजन लामालाई पराजित गरी स्वर्ण जितेका हुन । कराते तर्फ नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन । अनुपमाले पाकिस्तानकी नर्गिशलाइ पराजित गरी स्वर्ण जितेकी हुन । पछिल्लो २ स्वर्ण सहित नेपाल कुल २५ स्वर्ण ल्याई पदक तालिकाको शिर्ष स्थानमा कायमै छ । नेपालले हालसम्म २५ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४६ पदक जितेको छ । यस्तै भारत २०  स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ५१ पदकसहित दोस्रो स्थानमा छ । श्रीलङ्का पाँच स्वर्ण, १४ रजत र २७ कास्यसहित तेस्रो, पाकिस्तान पाँच स्वर्ण, ११ रजत र नौ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, तीन रजत र २१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण जित्दै छैटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । यसैबीच एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले एतिहासिक स्वर्ण जितेकी छिन् । उनले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव चार सेकेण्डमा पूरा गरिन् । उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । एथ्लेटिक्सकै पुरुष एक हजार पाँच सय मिटर दौडमा टङ्क कार्कीले कास्य पदक जितेका छन् । यसैबीच १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको चौंथो दिन आज विभिन्न १६ खेल विधामा प्रतिस्पर्धा हुँदैछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here