१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालद्वारा आज थप ६ बटा स्वर्ण पदक हासिल/ नेपालको कुल २९ स्वर्ण पदक पुग्यो ।

297

काठमाडौ,मङसिर१८:काठमाडौ र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले आज थप ६ बटा स्वण पदक जितेको छ । यो सँगै नेपालले कुल २९ स्वर्ण जितेको छ ।
उसु, कराते,तेक्वान्दो र साइक्लिङ तर्फ खेलमा नेपालले थप ६ स्वर्ण पदक जितेको हो । यो सगै नेपाल कुल २९ स्वर्ण पदक पुगेको छ। बुधबार काठमाडौमा भएको उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् । दिपकले भारतका साजन लामालाइ पराजित गरी स्वर्ण जितेका हुन । कराते तर्फ नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन । अनुपमाले पाकिस्तानकी नर्गिशलाइ कुमुतेको ६८ केजी तौल समुहमा पराजित गरी स्वर्ण जितेकी हुन । यसैगरी नेपालले साइक्लिङको डाउनहिलमा २ स्वर्ण र २ रजत पदक जितेको छ । काठमाण्डौंको गोकर्ण शहिद पार्कमा भएको १ किलोमिटर पुरुष डाउनहिल साइक्लिङमा राजेश मगरले नेपाललाई स्वर्ण दिलाएका हुन । मगरले एक मिनेट ४९ सेकन्डमा उक्त दूरी पूरा गरेका थिए । यस विधाको रजत पदक पनि नेपालका निरभ श्रेष्ठले जिते । त्यसै गरी महिला तर्फ निश्मा श्रेष्ठले स्वण जितेकी छन् । यस विधामा नेपालकै जमुना थापाले रजत पदक हात पारेकी छन् । यसै गरी नेपालले तेक्वान्दोमा पनि २ स्वर्ण थपेको छ । तेक्वान्दोको ६२ केजी मुनीको तौल समुह महिला तर्फ नेपालकी संगिता बस्यालले भारतकी खेलाडीलाइ पराजित गरी स्वर्ण जितेकी हुन । यसैगरी पुरुष ८७ केजी तर्फ नेपालकै संक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा पुरुष ८७ केजी माथिको गेरुगीमा सक्षमले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् ।
अहिलेसम्म नेपाली खेलाडीहरूले तेक्वान्दो, एथलेटिक्स, उसु, ट्रायथलन, कराते र साइक्लिङमा स्वर्ण पदक जितेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here