बाँकेमा आजपनि निषेधाज्ञा जारी

136

काठमाडौं, मंसिर २३:बाँकेको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएका कारण आक्रोशित भिडलाई नियन्त्रण गर्न हिजो साँझदेखि निषेधाज्ञा जारी गरिएको छ । कोहलपुर पश्चिम किरणनाला, पूर्वमा चपरगौरी दक्षिणमा पिपरी र उत्तरमा कोहलपुर चौराहदेखि ५ सय मिटरको भुभागमा जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको हो । हिजो विहान दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही विद्यालयमा पढ्ने विद्यार्थी प्रकृति चन्दलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले घाइते बालिका चन्दलाई उपचारको लागि काठमाण्डौको बि एण्ड बि अस्पताल पठाईएको जानकारी दिनुभयो । घटनापछि आक्रोशित भिडले ठक्कर दिने ट्रकमा आजगनी गर्नुको साथै आधा दर्जन अन्य गाडीमा तोडफोड गरेको छ । त्यसक्रममा भएका झडपमा १० जना घाइते भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here