सागमा हालसम्म नेपाललाई ४५ स्वर्णसहित १६६ पदक

216

काठमाडौं, मंसिर २३: दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको आठौं दिनको खेल सकिंदासम्म  नेपालले ४५ स्वर्णसहित १६६ पदक प्राप्त गरेको छ । नेपालले ४४ रजत र ७७ कास्यपदक प्राप्त गरी खेल तालिकाको दोस्रो स्थान बनाएको छ । त्यसैगरी भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कास्य गरी २५२ पदक प्राप्त गरी पदक तालिकामा पहिलो स्थान बनाउन सफल भएको छ । त्यसैगरी श्रीलंका ३६ स्वर्ण, ६८ रजत र ९३ काँस्यसहित १९७ पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै पाकिस्तान २९ स्वर्ण, ३४ रजत र ४७ कास्यसहित ११० पदक प्राप्त गरी चौथो स्थानमा  छ ।  ८ स्वर्णसहित कुल १०२ पदक प्राप्त गरी बङ्गलादेश पाँचौ स्थानमा छ भने १ स्वर्ण सहित ३ पदक प्राप्त गरेको माल्दिभ्स छैठौं र ९ कास्य पदक मात्र प्राप्त गरेको भुटान पदक तालिको अन्तिम स्थानमा छ । यसैबीच साविक विजेता नेपाल जारी १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो । हिजो नेपालका लागि पौडीमा गौरिका सिंह र जुडोमा देविका खड्काले स्वर्ण पदक जित्न सफल भए । यसैबीच सागको नवौं दिन आज काठमाडौं, पोखरा र जनकपुरमा गरी विभिन्न ११ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । साग पुरुष क्रिकेट अन्तरगत अहिले भइरहेको खेलमा माल्दिभ्सले नेपालसामू ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पहिले व्याटिङ गरेको माल्दिभ्सले सबै विकेट गुमाउदै ९४ रनको योगफल तयार गरेको छ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । क्रिकेट अन्तर्गत श्रीलंका र बंगलादेशबीच त्रिवि मैदान किर्तिपुरमै पुरुषतर्फको फाइनल खेल आज अपरान्ह हुनेछ । आज महिला फुटबलको फाइनलमा नेपाल र भारतबीच खेल हुदैछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । साफमा आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here