Tuesday, January 23

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पश्चिमान्चलले मध्यमान्चललाइ ९५ रनले पराजित गरेको छ।

प्रम कप क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पश्चिमान्चलले मध्यमान्चललाइ ९५ रनले पराजित गरेको छ। किर्तिपुर स्थित क्रिकेट मैदानमा आज जितको लागी २ सय ३ रनको लक्ष सहित ब्याटिङ गरेको मध्यमान्चल ४० ओभर ३ बल खेलि १ सय ७ रनमै समेटियो। मध्यमान्चलको लागी इसान पाण्डेले सर्वाधिक २४ रन बनाए। मध्यमान्चललाइ सस्तैमा समेट्न लाल अधिकारी र रोहित कुमार पौडेलले समान २ विकेट लिए। यस अघि टस जिति ब्याटिङ गरको पश्चिमान्चलले सौरव खनालको अविजित ७८ रनको मद्दतले पुरै ५० ओभर खेली ८ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो। जारी प्रतियोगितामा पश्चिमान्चल पुरै ५० ओभर खेल्ने पहिलो टिम हो। यो जितसंगै पश्चिमान्चलले समेफाइनलमा पुग्ने संभावना कायमै राखेको छ। प्रतियोगिता अन्तर्गत भोलीको खेल मध्य पश्चिमान्चल र पश्चिमान्चल विच हुने छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *