Tuesday, January 23

निर्वाचन आयोगद्बारा निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण नगर्न राजनीतिक दलहरुलाइ निर्देशन ।

निर्वाचन अपडेट

निर्वाचन आयोगले राजनीतिक दलहरू तथा उम्मेदवारहरूले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण नगर्न आग्रह गरेको छ । कतिपय राजजतिक दलहरु बाट यस्तो कार्य भइरहेको बुझिन आएको भन्दै त्यस्ता कार्य निर्वाचन आचार संहिता बिपरति हुने भएकाले त्यस्ता सामग्री वितरण नगर्न नगराउन आग्रह गरेको हो । आयोगले त्यस्ता कार्य रोक्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई अनुगमन गरी निर्देशन समेत दिएको छ ।  यसै बीच स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिकदलको तर्फबाट आधिकारीक दस्तखत नमुना बुझाउन छुटेका र परिवर्तन गर्न चाहेका दलहरुलाइ पुन तिन दिनको समय दिएको छ ।

स्थानिय तह निर्वाचन ऐन सशोधन भए सगै दस्तखतको नमुना बुझाउन जेष्ठ २७, २८ र २९ गते सम्मको समय दिएको हो । यस अघी आयोगले गत बैशाखमा दस्तखत माग गरेपनि आन्दोलमा रहेका केही दलहरुले बुझाएका थिएनन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *