Tuesday, January 23

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनको रोजगारी शिखर बैठकमा सहभागी हुन जेनेभातर्फ प्रस्थान/राष्ट्रपतिले सम्मेलनलाइ भोलि सम्बोधन गर्नुहुने ।

राष्ट्रपति/जेनेभा प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी १ सय ६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिनका लागि हिजो स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकको निमन्त्रणामा राष्ट्रपति भण्डारी ६ दिने औपचारिक भ्रमणका लागि जेनेभा जानुभएको हो ।

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तरगत वर्ल्ड अफ वर्क समिटमा असार ४ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, गृहमन्त्री लगायत विशिष्ट व्यक्तिहरुले उहाँलाइ विदाइ गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *