Tuesday, January 23

२ नम्बर प्रदेशका निर्वाचन कार्यालयहरु तत्कालका लागि बन्द गरिने/कार्यालय बन्द गरी फिर्ता आउन कर्मचारीलाई निर्वाचन आयोगको निर्देशन ।

निर्वाचन आयोग/अपडेट

प्रदेश नम्बर २ मा स्‍थापना गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय बन्द गरी फिर्ता आउन त्यस क्षेत्रमा खटिएका कर्मचारीहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । तेस्रो चरण अन्तर्गत असोज २ गते गरिने निर्वाचनका लागि लामो समयसम्म कार्यालय स्थापना गरी र जनशक्ति यथावत राख्न आवश्यक नरहेको भन्दै आयोगले यस्तो निर्णय गरेको हो ।

यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएका निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमा ब्यवस्थापन गर्न निर्देशन दिएको छ ।

आयोगले दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय गरी १२७ बटा कार्यालय स्थपना गरेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *