Tuesday, January 23

दोस्रो चरणको स्थानीय तह निर्वाचनको अन्तिम तयारी पुरा/केही जिल्लामा आचार संहिता पालना नभएको गुनासो ।

मोरङ/आचार संहिता

मोरङमा आचारसंहिता उल्लंघन भईरहँदा समेत निर्वाचन आयोग मौन बसेको आरोप बिभिन्न दलका प्रतिनिधिहरुले लगाएका छन् । निर्वाचनको दिन नजिकिदै जाँदा जथाभावी झण्डा टांग्ने, चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गरेर प्रचार प्रसार गर्ने गरेको गुनासो क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा आएपनि कारवाही नगरिएको उनीहरुले बताएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा २ दर्जन लिखित उजुरी र मौखिक उजुरी समेत परेको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद संजेलले जानकारी दिनुभयो ।

प्रमुख राजनैतिक दल मात्र होइन स्वतन्त्र उम्मेदवारहरुले समेत देखासिकी गर्दै आचारसंहिता विपरित प्रचार प्रसार थालेपछि मोरङमा निर्वाचन अस्वस्थ हुने स्थानीयले बताएका छन् ।

मोरङमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने भन्दै पटक पटक निर्णय गरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *