Tuesday, January 23

काठमाडौ उपत्यकामा थप १३ वटा साझा बस सञ्चालनमा आउने

काठमाडौ/महानगरपालिका

काठमाडौ उपत्यकामा थप १३ वटा साझा बस सञ्चालनमा आउने भएका छन् । सो बसहरु खरिदका लागि काठमाडौ महानगरपालिकाले साझा यातायात सहकारी लिमिटेडलाइ ५ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

आज काठमाडौमा आयोजित कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो रकमसहितको चेक साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितलाइ हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा महानगर प्रमुख शाक्यले काठमाडौ महानगरलाइ यातायात, बसोवास लगायत सबै दृष्टिले जीवन्त, समृद्ध र सुन्दर बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

साझा बसमा जेष्ठ नागरिक र बालबालिकाहरुलाइ निःशुल्क यात्रा गर्न दिइने बस तथा बस बिसौनीहरुलाइ अपाङ्ग मैत्री बनाइने भएको सो अवसरमा बताइयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *