Tuesday, January 23

दोश्रो चरण निर्वाचनको अधिकांस स्थानको मतगणना जारी/प्रारम्भिक परिणाममा प्रमुख तीनदलबीच प्रतिस्पर्धा ।

निर्वाचन ताजा स्थिति

स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको हिजो सम्पन्न निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा प्राप्त विबरण अनुसार प्रदेश नम्बर १ मा ७२ दशमलव ४९ प्रतिशत, प्रदेश नम्बर ५ मा ७५ दशमलब ३४ प्रतिशत र प्रदेश नम्बर ७ मा ७३ दशमलव ०५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगले हिजो मतदान सम्पन्न भए लगत्तै ७० दशमलव ५ प्रतिशत मतदान भएको प्रारम्भीक जानकारी सार्वजनिक गरेको भएपनि सबै ठाउँहरुको तथ्यांक प्राप्त भइसकेपछि आयोगले ७३ दशमलव ६९ प्रतिशत मतदान भएको स्पष्ट पारेको हो ।।

मतगणना अपडेट

दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तरगत हिजो मतदान भएका अधिकांश स्थानको मतगणना शुरु भएको छ । मतगणनाका प्रारम्भिक नतिजाहरु पनि आउन थालिसकेका छन् ।

हालसम्म प्राप्त नतिजा अनुसार प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुबीच नै प्रतिस्पर्धाको स्थिति देखिएको छ । हिजो ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका लागि मतदान सम्पन्न भएको हो ।

दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।।

मतगणना/विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकामा अहिलेसम्म मतगणना अघि बढ्न सकेको छैन । आज विहान साढे ११ बजेदेखि मतगणना गर्ने सहमति सर्वदलीय बैठकले गरेको भएपनि मतगणना स्थलमा राख्ने प्रतिनिधिका विषयमा विवाद भएपछि मतगणना सुरु गर्नमा ढिलाइ भएको हो ।

निर्वाचन अधिकृतले एक-एक जना मात्र दलका प्रतिनिधिहरु गणनामा उपस्थित गराउने व्यवस्था गरेपछि राजनीतिक दलहरुले आफ्ना २ जना प्रतिनिधि राख्न पाउनु पर्ने अडान राखि गणना अघि नबढाएका हाम्रा समाचारदाताले जनाएका छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *