Saturday, December 16

टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानले असफल कु भएको एक वर्ष पुगेको अवसरमा हजारौं व्यक्तिको र्‍यालीलाई स्तानबुलमा सम्बोधन

टर्की/सैनिक कू वार्षिकोत्सव

टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानले असफल कु भएको एक वर्ष पुगेको अवसरमा हजारौं व्यक्तिको र्‍यालीलाई स्तानबुलमा सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा राष्ट्रपति एर्दोगानले असफल कु भएको रात जनतासँग हातमा बन्दुक होइन देशको झण्डा र मनमा विश्वास रहेको बताउनुभयो । उहाँले असफल कुका योजनाकारलाई सजायँ दिइएको पनि उल्लेख गर्नुभयो । असफल कु भएको रात २ सय ५० जनाको मृत्यु भएको र २ हजार भन्दा बढी व्यक्ति घाइते भएका थिए ।

सोही सिलसिलामा सरकारले १ लाख ५० हजार कर्मचारीलाई सरकारी जागिरबाट अवकास समेत दिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *