Tuesday, January 23

नेपाल अफगानिस्तानसंग १ सय ४१ रनको फराकिलो अन्तरले पराजित

नेपाल-अफगानिस्तान/क्रिकेट

१९ वर्षको मुनिको आइसीसी एशियाली विश्वकप छनौट अन्तर्गतको तेस्रो खेलमा नेपाल अफगानिस्तानसंग १ सय ४१ रनको फराकिलो अन्तरले पराजित भएको छ । सिंगापुरको पाडान क्रिकेट क्लबमा हिजो भएको खेलमा १ सय ९१ रनको लक्ष पाएको नेपालले २६ ओभरमा ४९ रन मात्र बनाउदा सबै विकेट गुमाएको थियो ।

नेपालका पवन सर्राफले २६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन । नेपाललाइ सस्तैमा समेट्न नाभेद उलहक र मजिव जर्दानले समान ४-४ विकेट लिए । यसअघि टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाल समक्ष १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अफगानिस्तानले ४९ दशमलव ४ ओभर खेलेर सबै विकेट गुमाई १९० रन बनाएको थियो ।

छनौट खेलमा पहिलो हुने टिमले अर्को वर्ष न्युजिल्याण्डमा हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा भाग लिन पाउनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *