Tuesday, January 23

आपूर्ति व्यवस्थापन विभागबाट बजार अनुगमन तीव्र/बढी नाफा लिई सामान बेच्ने काठमाडौ न्यूरोडका २ जुत्ता पसलमा शिलबन्दी ।

बजार अनुगमन अपडेट

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागले थालेको अनुगमनका क्रममा हिजो न्युरोडस्थित तीरुपति प्रालीको लिवर्टी सुज र फिटवेल प्रालीको बाटा सुज पसलमा सिलबन्दी गरेको छ । बिभागले अनुगमनको क्रममा ४० प्रतिशत भन्दा बढी नाफा राखेर बिक्रि वितरण गरिरहेको एवं संस्था नविकरण नगरेको प्रज्ञापनपत्र समेत नलिइ कारोवार गरेको पाइएपछि लिवर्टी सुजमा सिलबन्दी गरेको हो । त्यसैगरी फिटवेल सुज प्रालीले बाटा, सिग्नेचर, लगायतका जुत्ता बिक्रिवितरण गरिरहेपनि आवश्यक कागजात केहि नभेटेपछि सिलबन्दी गरिएको विभागका निरीक्षण अधिकृत ढुण्डीराज पोख्रेलले जानकारी दिनु भयो । विभागले एक सातादेखी बजार अनुगमनलाई तिब्रता दिएको छ ।

यहिहप्ता विभागले दरवारमार्ग क्षेत्रका ब्राण्डेड भनिएका पसलमा अनुगमन गरी केही पसलमा सिलबन्दी गरिसकेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *