Saturday, December 16

एमाले र माओवादी गठबन्धन लोकतन्त्रको हितमा नभएको नेपाली कांग्रेसको निष्कर्ष/लोकतान्त्रिक गठबन्धन बनाउन छलफल शुरु ।

कांग्रेस/अन्य दल बैठक

लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुबीच आगामी चुनावमा एकतावद्ध भइ जाने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी अबेरसम्म बसेको कांग्रेस लगायत ६ दलका शीर्ष नेताहरुको बैठकमा सो सहमति भएको हो । नेपाली कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, राप्रपा प्रजातान्त्रिक र राजपा सहितको ६ पार्टी सम्मिलित ७ सदस्यीय चुनावी तयारी रणनीति कार्यदल बनाएर अगाडि बढ्ने सहमति समेत बैठकमा भएको छ । नेपाली कांग्रेसका तर्फबाट २ जना र अन्य दलबाट एक-एकजना गरी ७ सदस्यीय कार्यदल गठन गर्ने कुरामा नेताहरु सहमत भएका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकार कुनैपनि संकटमा नपरेको बताउनुहुँदै सरकार पुनरगठन नहुने बताउनुभयो । समयमा नै चुनाव सम्पन्न गर्न लोकतान्त्रिक शक्ति एक हुने कुरामा पनि लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुबीच सहमति भएको नेता निधिले बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *