Saturday, December 16

सरकारलाई राप्रपाको समर्थन/ वामपन्थी गठवन्धनद्वारा निर्वाचन आचार संहिता विपरितका काम नगर्न सरकारलाई आग्रह ।

राप्रपा सरकार समर्थन

राष्टिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस नेतृतवको वर्तमान सरकारलाई समर्थन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले प्रधानमन्त्री निवास वालुवाटार पुगी हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन पत्र बुझाएका हुन । एमाले माओवादी गठबन्धन बनेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने र चुनाव अनिश्चित हुन सक्ने भन्दै सो पार्टीले सरकारलाइ समर्थन गर्ने निर्णय गरेको हो । सरकारको स्थायित्व र चुनावको सुनिश्चितताको लागि पार्टीले समर्थन गरेको राप्रपाका नेता दिलनाथ गिरीले जानकारी दिनुभयो ।

नेता गिरीले निर्वाचनको लागि सरकारले आवश्यक ठाने सरकारमै सहभागी हुन पनि राप्रपा तयार रहेको बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *