Friday, April 20

माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता/वृहत एकता गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गरिने माओवादी अध्यक्ष प्रचण्डको भनाइ ।

माओवादी नेकपा संयुक्त एकीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम ध्रूवीकरण नयाँ समाजवाद स्थापित गर्ने प्रमुख आधार भएको वताउनु भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीचको पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालमा एककाइसौ सताब्दीको नयाँ समाजबाद नमूना स्थापना गरेर विश्वलाई देखाउने बताउनु भयो । नेपालको संविधानमा नै समाजबाद उन्मुख भन्ने शब्द उल्लेख भएको बताउदै प्रचण्डले समाजवाद स्थापना गर्नको लागि बाम एकता गरिएको बताउनु भयो ।

कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले तोकिएको समयमा निर्वाचन नगर्ने खेल सुरुभएको तर्फ सचेत हुँदै बाम एकता अगाडि बढाउनु पर्ने बताउनु भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *